भूकम्पपीडितलाई १ लाख अनुदान बढाउने सरकारको निर्णय (बनेका घरको के हुन्छ ?)

पोखरा, माघ १० ।
सरकारले भूकम्पपीडितलाई घर बनाउन थप एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले थप एक लाख दिने निर्णय गरेको हो । यसअघि सरकारले ३ लाख दिने निर्णय गरेको थियो । कुनै अध्ययन र माग बिना नै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका एक कर्मचारी बताउँछन् ।
यसबाट स्रोत जुटाउन समस्या हुने उनीहरुको भनाई छ । घर बनिसकेकाले पनि थप १ लाख रुपैयाँ अनुदान पाउने निर्णय भएको श्रोतले बतायो । बुधबारकै मन्त्रीपरिषद्को निर्णयले ६५ वर्षमै बृद्धभत्ता दिने निर्णय समेत गरेको छ ।