भारत र पाकिस्तानबीच तनाव, पाकिस्तानी सेनाले चार भारतीयको हत्या गरेको भारतीय पक्षको दाबी

 

एजेन्सी, कार्तिक ४ ।

पाकिस्तान सेनाले आफ्नो भूमीमा आक्रमण गरेको आरोप भारतले लगाएको छ ।

आफ्नो देशका दुइवटा गाउँमा पाकिस्तानी सेनाले गोली प्रहार गरी चार जनाकोे हत्या गरेको भारतीय पक्षको दाबी छ ।

भारतको गुण्डीशत र तङ्गधारमा रहेका सुरक्षाकर्मीमाथि गोली प्रहार गर्दा एक आम नागरिक र तीनजना सुरक्षकर्मीको हत्या गरेको आरोप लगाउँदै भारतले पाकिस्तानमाथि जवाफी कारबाही गर्ने चेतावनी स्वरुप पाकिस्तानको केही भूभागमा आक्रमण गरेको छ ।

जसमा ६ जना सैनिक मारिएको दाबी भारतको छ । यद्दपी पाकिस्तानले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।