भारतीय शोमा नेपालकी मेनुकाको चौतर्फी प्रशंसा, जजले भने ‘मुल्याकंन गर्ने हाम्रो औकात छैन’ (भिडियो सहित)

एजेन्सी, कार्तिक ७ ।
नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि बिर्सन सकिन्न । नेपाल आइडलबाट अनपेक्षित रुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगीतिक प्रस्तुतिलाई रोकिनन् । त्यसयता उनले पाश्र्व गायनसंगै केही सुमग गीतहरु गाइसकेकी छिन् । युट्युबमा उनका गीतहरु अत्यधिक संख्यामा भेटिन्छन् ।

सांगीतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागि परेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगमप’ मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन् । नेपालमा पहिलो पटक सारेगमप को अडिसन भएको थियो, जसबाट उनी चुनिएकी थिईन् । जि टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनौट भएकी छिन् ।

उनले लता मंगेशकरको आवाजमा रहेको “जाने क्या बात है” गीत गाउँदा शोमा उपस्थित जजसंगै जुरी मेम्बरहरु समेत रोएका थिए भने उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरुले स्ट्याण्डिङ ओभिसन दिएका थिए ।

जजको रुपमा रहेका संगितकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे भने शेखरले त आफनो आँसु थाम्नै सकेनन् । उनी भन्छिन् “तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन” । मेघा अडिसनका लागि छनौट भएकी मेनुकालाई सम्पुर्ण नेपालीहरुको तर्फबाट बधाई तथा शुभकामना ।