भारतीय विदेशमन्त्री स्वराजले नेपालीसँग माफी मागिन्

काठमाडौं, जेठ १५ ।
भारतीय विदेशमन्त्री सुश्मा स्वराजले जनकपुरसँग जोडेर गलत अभिब्यक्ति दिएको भन्दै माफी मागेकी छिन् । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावअघि जनकपुरको मैदानबाट लाखौंलाख भारतीयलाई सम्बोधन गरेको भन्ने भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिईन् ।

भारतीय विदेश मन्त्रालयमा सोमबार आयोजित वार्षिक पत्रकार सम्मेलनमा भारत सरकारको ४ वर्षको उपलब्धीसम्बन्धी पुस्तक विमोचन गर्दै उनले प्रधानमन्त्री मोदी प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर संबोधन गर्ने एक मात्र प्रधानमन्त्री भएको बताएकी थिइन् । ट्विटरमा सो भिडियो सार्वजनिक भएपछि नेपालका पुर्वप्रधानमन्त्री, सांसददेखि अन्य प्रयोगकर्ताहरुलेसमेत नेपालको राष्ट्रिय अखण्डता तथा सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालहरुमा आलोचना गरेका थिए ।

कतिपयले सो भनाइलाई लिएर विदेशमन्त्री स्वराजले माफी माग्नुपर्ने समेत बताएका थिए । आलोचनापश्चात् स्वराजले ट्विट गर्दै माफी मागेकी हुन् । उनले ट्विटमा लेखेकी छिन्,‘सम्बोधनका क्रममा मेरो तर्फबाट गल्ती भएको छ । त्यसका लागि म विनम्रताका साथ माफी माग्दछु ।’