भारतीय मरेपछि मनाङ एयरको उडानमा प्रतिबन्ध

काठमाण्डौं, भदौ ४ ।
मुलुकको उड्ययन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरको उडानमा प्रतिबन्ध लगाएको छ ।

गएको साउन २९ गते हुम्लाको हिल्सास्थित हेलिप्याडमा अबतरणको क्रममा मनाङको हेलिकप्टरको पंखाले लागेर भारतीय पर्यटक ४२ वर्षीय नगेन्द्र कुमार कार्तिकको मृत्यु भएको थियो ।

यात्रुको सुरक्षामा कम्पनीले गंभिर लापरबाही गरेको ठहर गर्दै प्राधिकरणले मनाङका उडानमा प्रतिबन्ध लगाएको खबर आजको नागरिक दैनिकमा सुशील भट्टराईले लेखेका छन् ।

मुम्बईका कार्तिक तिब्बतको कैलाश मानसरोबर भ्रमणका लागि आएका थिए । उनी सेल्फी खिच्ने क्रममा हेलिकप्टरको पंखामा परेका थिए ।