भारतमा लकडाउन ३ साता थपियो

पोखरा, बैशाख २ ।
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि भारतले थप ३ साता लकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै ३ मे सम्म लकडाउन थप्ने घोषणा गरेका हुन् ।

निरन्तर कोरोना संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रण र नागरिकको स्वास्थ्य सुरक्षाको लागि मध्येनजर गर्दै लकडाउन थपेको बताए । अहिलेसम्म भारतले सही फैसला गरेको उनले सुनाए । उनले कोरोना उपचार र लकडाउन पालना गराउन खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैलाई धन्यवाद दिए ।

‘तेज फैसला नलिएको भए भारतको अवस्थो कस्तो हुन्थ्यो होला ?,’ उनले भने, ‘हामीले जुन बाटो रोज्यौं अहिलेको अवस्थामा त्यही हाम्रा लागि सही छ । यो अझै निरन्तर हुनुपर्छ । आर्थिक हिसावले हेर्दा यो महंगो होला तर भारतीय नागरिकको जिन्दगीको अघि यो घाटा सामान्य हो ।’