भारतमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु

 

एजेन्सी, चैत १ ।

भारतमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा ६८ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

दिल्लीको आरएमएल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले मृतक महिलाको कोरोना भाइरस र अरु केही स्वास्थ्य समस्याका कारण मृत्यु भएको पुष्टि गरेका छन् ।

कोरोना भाइरसका कारण ती महिला पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्शन जस्ता स्वास्थ्य समस्यासंग जुधिरहेकी थिइन ।

उनका छोरा ५ फेब्रुरीदेखि २२ फेबु्रअरीसम्म विदेशमा थिए र २३ फेब्रुअरीमा स्विट्जरल्याण्ड र इटाली हुँदै भारत फर्किएका थिए ।

दिल्ली सरकारका अनुसारले ती महिलाको सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षण भइरहेको र केही दिनका लागि उनीहरुलाई अरु मानिसको सम्पर्कमा रहन दिइने छैन ।

यसअघि भारतमा पहिलो पटक कोरोना भाइरसका कारण कर्नाटकमा ७६ वर्षिय एक व्यक्तिको मृत्यु भएको थियो । उनी साउदी अबरबाट फर्किएका थिए ।