भद्रगोलकी ‘मुन्नी’ को चर्चा

काठमाण्डौं, असार ३१ ।
नेपाल टेलिभिजनवाट प्रशारित हाँस्य श्रृंखला भद्रगोलकी नयाँ पात्र ‘मुन्नी’ को अहिले दर्शकबीच चर्चाको विषय बनेकी छिन् ।

हाँस्य कलाकारको बाहुल्यता रहेको भद्रगोलमा गम्भिर प्रवृत्तिकी ‘मुन्नी’ पहिलो एपिसोडवाटै चर्चाको विषय बन्न शुरु गरिन् ।

थिएटरबाट उठेकी कलाकार ‘मुन्नी’को खास नाम प्रियाना आचार्य हो । भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको इन्ट्री भएको हो । उनी ‘मुन्नी’ थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् ।

उनको अभिनयसँगै सुन्दरताको समेत दर्शकबीच चर्चा छ । युट्युबमा अपलोड भएका भद्रगोलका एपिसोडहरुमा पनि ‘मुन्नी’ केन्द्रीत कमेन्टहरु धेरै आएकाले दर्शकबीच उनलाई रुचाइएको हो ।