भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बालकको ज्यान गयो

भक्तपुर, फागुन ८ ।
चाँगुनारायण नगरपालिका–८ मा मिनी ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा घर भई हाल चाँगुनारायण नगरपालिका–८ आरुबारी इँट्टा भट्टामा बस्ने देवेन्द्र बुढाका १९ महिनाको छोरा सबिन रहेका छन् ।
सोमबार दिउँसो साढे २ बजे बा २ ख १३७८ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको हो । सवारी साधन र चालकलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।