ब्रेकिङ न्यूज-रुकुमको मतपेटिकामा आगो लाग्यो !

रुकुम, मंसिर १० ।
रुकुम पश्चिमको रत्न माबि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको छ । प्रतिनिधि सभा अन्र्तगत प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको हो ।
मतपेटिकाबाट धुवाँ निस्कीएपछि तत्काल पानी हालेर आगो निभाइएको थियो । पुरै मतपेटिकामा नभएर केही मत पत्रमा मात्र जलेको प्रहरीले जनाएको छ । मतपेटिकामा कसरी आगो लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको छ ।
अहिले मतदान कार्य रोकिएको छ भने सर्वदलिय बैठक बसीरहेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो ।