ब्रेकिङ न्यूजः एसईई परीक्षा स्थगित

पोखरा, चैत ५ ।
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सतर्कता स्वरुप परीक्षा स्थगीत गरिएको हो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

केही समयअघि परीक्षा नहुने भनिएपछि मंगलबार मात्रै बैठक बसेर तोकिएकै मितिमा परीक्षा हुने बताईएको थियो । त्यसैका लागि प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्न भनिएको थियो । सबैजसो परीक्षा केन्द्रले तयारी गरिरहेका बेला पुनः परीक्षा स्थगीत गर्ने निर्णय भएको हो ।