ब्रेकिङः पोखरामा बाटो खन्दा ७ जना ढिस्कोमा पुरिए, ३ को मृत्यु

पोखरा, मंसिर १५ ।
कास्कीको पोखरा महानगपालिका २० मौजामा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ । भलामदेखि मौजाको बाटो खन्ने क्रममा कमजोर ढिस्को झरेर कामदारलाई पुरेको हो । ७ जना ढिस्कोमा पुरिएका र ३ जनाको शव निकालिएको वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।

अन्यको पनि उद्धार भैरहेको छ । गुरुङका अनुसार सबै ढिस्कोभित्र पुरिएका कारण मृत्यु भैसकेको अनुमान गरिएको छ । प्रहरीको टोली घटनास्थल तर्फ गैरहेको छ । थप विवरण आउन बाँकी ।