बोनम्यारो क्यान्सर (ए प्लाष्टिक एनेमिया) बाट पिडित सुनिता गुरुङलाई संयुक्त गुरुङ समाज अमेरिकाद्धारा सहयोग

गिता राना मगर, पोखरा भदौ २९ ।
बोनम्यारो क्यान्सर (ए प्लाष्टिक एनेमिया) बाट पिडित सुनिता गुरुङलाई संयुक्त गुरुङ समाज अमेरिका ग्न्क्ब् ले उपचार सहयोग स्वरुप २ लाख नगद प्रदान गरेको छ । नेपाल भ्रमणमा रहेको ग्न्क्ब् को टोलीले कास्की अर्मला घर भइ हाल काठमाण्डौको पुरानो वानेश्वर स्थित सिभिल हस्पिटलमा उपचारार्थ गुरुङको दिदी पवित्रा गुरुङ र भाई सुविन गुरुङलाई नगद २ लाख प्रदान गरेको हो ।

संयुक्त गुरुङ समाज अमेरिकाका अध्यक्ष प्रदीप गुरुङ र उपाध्यक्ष एन बी गुरुङको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोलीले समाजका भातृ संगठन हरुको सहकार्यमा संकलन गरिएको उक्त रकम गुरुङको उपचाररार्थ सहयोग गरेको हो । संयुक्त गुरुङ समाज अमेरिकाले सेप्टेम्बर १, २०१९ का दिन अमेरिकाको कोलम्बस ओहायोमा सम्पन्न बृहत भेलाले बोनम्यारो क्यान्सरबाट ग्रसित सुनिता गुरुङको उपचारार्थ सहयोग जुटाउने सहमति भएसंगै आफ्नो भातृ संगठनहरु संग सहकार्य गरी उक्त रकम संकलन गरिएको संयुक्त गुरुङ समाज अमेरिकाका अध्यक्ष प्रदीप गुरुङले जानकारी दिए ।

सहयोग रकम जुटाउन संस्थाको भातृ संगठन गुरुङ समाज अफ एट्लान्टा जर्जिया, सार्लोट र ग्रीन्ज ब्रो अफ नर्थ क्यारोलिना नाशभिल टेनेसी, एक्रोन आमा समुह, सिन्सीनाटी एण्ड कोलम्बस, सिटीज अफ ओहायो, हेरिजवोर्ग र इरि अफ पेन्सलभेनिया, सियोक्स फल्स अफ साउथ डाकोटा डिमोइन्स अफ आहोआको मुख्य भुमिका रहेको समेत गुरुङले जानकारी दिए ।

विगत एक वर्षदेखी ए प्लाष्टिक एनेमिया रोगबाट ग्रसित गुरुङको एक महिना अगाडी ब्लड सेल ट्रान्सप्लान्ट गरिएको भएतापनि पछिल्लो समय पुन ब्लडमा संक्रमण देखिएपछि उनको हाल पुरानो बानेश्वरको सिभिल हस्पिटलको सघन कक्षमा उपचार भइरहेको सुनिता गुरुङ उपचार सहयोगका लागी अभियनता रोशन गुरुङले जानकारी दिए ।