बैङ्ककाे किस्ता तिर्न नसकेपछि भैंसी सङ्ग बस साटफेर

पाेखरा २८ साउन ।

यहाँका एक यातायात ब्यवसायीले आफ्नाे बस भैंसी सँग सट्टिपट्टी गरेका छन । पाेखरा देखि लाचाेक घाचाेक सडक खण्डमा सञ्चालन हुँदै आएकाे ग१ख ४१०१ नम्वरकाे वस स्थानियकाे भैंसी सङ्ग साटेका हुन । काेराेना कहरका कारण लामाे समयदेखी सार्वजनिक यातायातकाे सवारि ठप्प रहेकाे र त्यसमा पनि वैङ्ककाे ब्याज दिन प्रतिदिन वढ्दै गएपछि सवारिधनि श्याम दाहालले लाहाचाेककै एक कृषककाे भैंसी सङ्ग बस साटफेर गरेका हुन ।

यातायात ब्यवशायमा भविष्य नदेखेपछि दाहालले यातायात ब्यवशायमा भन्दापनि कृषि क्षेत्रमा राम्राे हुने अाशाका साथ आफ्नाे गाडी भैंसी सँग साटफेर गरेकाे यातायात ब्यवसायी रमेश श्रेष्ठले जानकारी दिए । पाेखरा र आसपासमा रहेका यातायात ब्यवशायीहरु लामाे समयदेखि सार्वजनिक यातायातका सवारिहरु सञ्चालन हुन नसक्दा बैककाे किस्ता तिर्न नसकेर केही ब्यवसायीले बैङ्कमा चावि समेत बुझाईसकेकाे श्रेष्ठले जानकारी दिए ।