बेनी–जोमसोम सडक दैनिक ८ घण्टा बन्द हुने

 

 

म्याग्दी, फागुन ३ ।

बेनी–जोमसोम सडकमा दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ ।

हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–३ घुमाउने तालदेखि बेगखोलासम्म फागुन १० गतेदेखि चैत १५ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द हुने भएको हो ।

कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्ड सडक स्तरोन्नति तथा विस्तारका लागि दैनिक ८ घण्टा बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए ।

बेनीदेखि जोमसोम सम्मको ७६ किलोमिटर सडक ११ मिटर फराकिलो र कालोपत्रे गर्न चार वटा प्याकेजमा काम भइरहेको छ ।
(ईमेजखबरबाट साभार)