बेनीका प्रशान्त सुवेदीले एसईईमा नेपाल टप गरेको दावी

पोखरा, असार १२ ।
माध्यमिक शिक्षा परीक्षा (एसईईमा) बेनीका प्रशान्त सुवेदीले सबैभन्दा उत्कृष्ट जिपीए ल्याएका छन् । उनले चार जीपीए ल्याएर उत्कृष्ठ नतिजा निकालेका हुन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार काठमाण्डौका मनमैजुमा रहेको एन्जल्स हार्ट आवासीय माविबाट एसईई दिएका प्रशान्तले ४ जीपीए ल्याएर उत्कृष्ट नतिजा निकालेका हुन् ।

उनको एसईई सिम्बोल नम्बर ०२९६४२२ भी थियो । नजिता प्रकाशित भएपछि सुवेदीका अभिभावक र विद्यालयले प्रशान्तले नै एसईईमा देशभरबाट बढी जीपीए ल्याएको दाबी गरेका छन् । काठमाडौमा बसेर विज्ञान विषय पढ्नका लागि तयारी कक्षामा समेत सहभागी भइसकेका प्रशान्तले भविश्यमा चिकित्सक बन्ने योजना रहेको सुनाएका छन् । बेनी आवासीय माविमा कक्षा ७ सम्म अध्ययन गरेका प्रशान्त आठ कक्षा पढ्न एञ्जल्स हार्ट गएका थिए ।