बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त

पोखरा, माघ २ ।
अधिवक्ता बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त भएका छन् । पुस २९ गतेको निर्णय अनुसार माघ १ गतेदेखि लागू हुने गरि केसीलाई कानुनी सल्लाहकारमा नियुक्त गरिएको हो ।

खासगरी विश्वविद्यालयलाई पर्ने कानुनी जटिलता समाधानका लागि आवश्यक सल्लाह दिने गरी कानुनी सल्लाहकार नियुक्त गरिएको रजिष्ट्रार प्राडा विष्णुराज तिवारीले जानकारी दिए ।

केसी २०५० सालदेखि पोखरा बारको सदस्य रही कानुनी पेसामा संलग्न छन् । २०५१ देखि २०६१ सम्म पोखरा उपत्यका नगर विकास समितिको कानूनी सल्लाहकार थिए भने २०६२ देखि २०७५ सम्म क बर्ग को माछापुच्छ्रे बैंक मा व्यवस्थापकीय तहको कानूनी सल्लाहकारको रुपमा कार्यरत थिए । हाल उनी पोखराका प्रतिष्ठित व्यवसायीक घरानाहरुमा कानुनी सल्लाहकारका रुपमा छन् ।

पोखराको वगर निवासी केसी प्रजातन्त्र प्रेमी कानुन व्यवसायीको संघ संस्थाहरुमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् । कर्पोरेट, बैंकिङ र कानुनी क्षेत्रमा उनको विशेष दक्षता छ ।