बि थर्टिन र दिप युनाइटेड प्रथम विष्णुकुुमारी गुरुङ्ग स्मृती अन्तर क्लव सेभेन ए साइड फुटबलको फाइनलमा

पोखरा, वैशाख १३ ।

बि थर्टिन बाँझापाटन र दिप युनाइटेड पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । बौद्ध शान्ति क्लव, पोेखरा रामघाटद्वारा आयोजित प्रतियोगिता अन्तर्गत विहिबार भएको सेमिफाइनल खेलमा बि थर्टिनले दोब्रे एफसीलाई तथा दिप युनाइटेडले एलजी एशोसिएसनलाई पराजित गर्दै फाइनल भेट पक्का गरेका हनु् ।

नवराज गुरुङ्गले खेलको दोश्रो मिनेटमै गरेको गोल निर्णायक बन्दा बि थर्टिनले दोब्रेलाई १–० ले पराजित गरेको थियो । त्यस्तै, विदेशी खेलाडी स्टेफनले दोश्रो हाफको १२ औं मिनेटमा गरेको गोलको मद्धतमा एलजीमाथि १–० को नतिजा निकाल्दै दिप युनाइटेडले पनि अन्तिम दुईमा आफ्नों नाम लेखाएको हो । दुबै खेलमा गोल गरेका खेलाडी म्यान अफ द म्याच भएका थिए ।

प्रतियोगिताको फाइनल खेल शुक्रबार दिउँसो हुने आयोजक क्लवका अध्यक्ष रोशन गुरुङ्गले जानकारी दिए । ‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं’ भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताको उपाधी विजेता क्लवले नगद २ लाख २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरि दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैया सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई नगद ५ हजार सहित ट्रफि तथा अनुशासित टोलीलाई ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने क्लवले जनाएको छ ।