बिमल घर्तीमगरसहित ५ खेलाडीलाई कारबाहीको तयारी

काठमाण्डौं, साउन १४ ।
अनुशासन विपरित गतिविधि गरेको आरोपमा राष्ट्रिय फुटबल टिमका ५ खेलाडीमाथि अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही अघि बढाएको छ । बिमल घर्तीमगरसहित ५ जनालाई एन्फाले सोमबार स्पष्टिकरण सोधेको छ ।

एसियाडको तयारीका लागि बन्दसत्रमा रहेका उनीहरु डिस्को गएर मदिरा सेवन गरी होहल्ला गरेका थिए । बिमलसहित बिशाल राई, अञ्जन बिष्ट, छिरिङ गुरुङ र हेमन्त थापा मगर गत शनिवार डिस्कोमा गएर मदिरा सेवन गरेको भन्दै अनुशासनको कारबाही स्वरुप स्पष्टिकरण सोधेको हो ।

सोमबार बसेको एन्फाको अनुशासन कमिटिको बैठकले स्पष्टिकरण सोध्ने निर्णय भएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।