बालिकालाई यौन दुर्ब्यवहार गरेको आरोपमा आर्मीका मेजर पक्राउ

काठमाडौं, पुस २६ ।
एक बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी (मेजर) पक्राउ परेका छन् । मेजर प्रभवविक्रम शाहलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो । बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको पीडितका आफन्तले जनाएका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरले जर्बजस्ती करणी मुद्दामा म्याद थप गरी उनीविरुद्ध अनुसन्धान अघि बढाएको छ ।
घटना पुस १४ गतेको हो । बालिकालाई आफन्तको घरको शौचालयमा आफ्ना यौन अंग चलाउन लगाएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेर उनलाई पक्राउ गराएका थिए । नम्बर २३ बाहिनी बाग्लुङमा कार्यरत मेजर शाह हाल सैनिक हिरासतमा रहेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए । ’हाल उनी सैनिक प्रहरीको हिरासतमा छन्, अनुसन्धानका लागि प्रहरीलाई नै बुझाउछौं, उनले भने । मेजर शाहविरुद्ध जर्बजस्ती करणी मुद्दा अन्तर्गत बालयौन दुराचारसम्बन्धी कसुरमा कारबाही हुने महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रवि पौडेलले बताए ।