बानेश्वरमा छुरा हानेर युवकको हत्या

काठमाडौं, चैत ७ ।
बानेश्वरमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । सर्लाही घर भई बानेश्वरको देवीनगर बस्ने २१ वर्षीय पुरुषोत्तम सेढाईको मंगलबार बेलुका हत्या भएको हो । एउटै घरमा बस्ने व्यक्तिहरुले चक्कु प्रहार गरी उनको हत्या गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रवि पौडेलले बताए ।
गफ गरेर बसिरहेको बेला विवाद बढ्दै गएपछि उनीमाथि तरकारी काट्ने चक्कु प्रहार गरिएको थियो । घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।