बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति, पुनर्निर्माण गर्न ४७ करोड बजेट आवश्यक पर्ने

 

काठमाडौं, साउन २६ ।

बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको छ । तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान छ । विकास समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त जानकारी दिएका हुन् ।

समितिले वर्षाको कारण क्षतिग्रस्त सडक र पुलहरु तत्काल मर्मत गर्न मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । दशैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षाले क्षति र्पुयाएका संरचनाहरु तत्काल बनाएर नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

समितिले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका सडक तथा पुलहरुको जीर्णोद्धार तथा पुनर्निर्माणको काम कसले गर्ने भन्ने अन्यौल अन्त्य गर्न पनि भनेको छ । बैठकमा सांसद प्रभु साहलगायतले संघ, प्रदेश र स्थानीय सरकारको हानथापका कारण वर्षाले क्षति र्पुयाएका संरचना पुनर्निर्माणको काम अघि बढ्न नसकेको बताएका थिए ।

बैठकमा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले वर्षाले क्षति पु¥याएका सबै सडक तथा पुलहरुको पुनर्निर्माणको जिम्मेवारी सरकारले लिने जवाफ दिएका थिए । त्यसका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको उनले जानकारी गराए ।

बैठकमा मन्त्री महासेठले वर्षाले क्षति पु¥याएका सबै सडक तथा पुलहरुको पुनर्निर्माणको लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको जानकारी गराए ।
(अनलाइनखबरबाट साभार)