बागलुङमा बाढी: १५ जना भन्दा बढी बेपत्ता

पाेखरा, भदाै १८ ।
अविरल बर्षासँगै बागलुङकाे ढाेरपाटन स्थित भुजीखाेलामा बाढी आउदा ठूलाे धनजनकाे क्षति भएकाे छ । ढाेरपाटन ९ मा पर्ने भुजिखाेलामा आएकाे बाढीले १५ भन्दा बढी ब्यक्ति बेपत्ता भएकाे बताईएकाे छ ।

तर यथार्थ बिबरण भने प्राप्त भैसकेकाे छैन । बाढीमा दुई दर्जन घर बगाएकाे बताईएकाे छ । त्यसतर्फ जनप्रतिनिधि र सुरक्षा निकायकाे टाेलि जाँदै छ । घटनास्थल पुगेपछि मात्रै यथार्थ जानकारी हुने ढाेरपाटनका मेयर देवकुमार नेपालीले बताए ।

राती बाढी आएपछि दुई वटा विद्युत गृह, झोलुङ्गे पुल र दुई वटा विद्यालय समेत बगाएको छ । वडा नम्बर ९ को लाकुरीबोटका ३ जना, सुब्राङको २ जना घट्टबोटका ७ जना र दुनेपँधेराका ३ जना अहिलेसम्म सम्पर्क बिहिन भएको स्थानीयले बताए ।