बागलुङमा उपचाररत अंशुको पाँचौ रिपोर्ट नेगेटिभ

पोखरा, बैशाख १२ ।
कोरोना संक्रमणपछि उपचाररत बागलुङ कुँडुलेकी १९ बर्षिया अंशु सापकोटाको पाँचौ रिपोर्ट नेगेटिभ आएको छ । बुधबार लिईएको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको हो । उनको लगातार चौंथो पटकसम्म पोजिटिभ देखिएको थियो।

गएको चैत १४ गतेदेखि उनी धवलागिरी अञ्चल अस्पतालमा उपचाररत थिईन् । उनीसँगै उपचाररत ६५ बर्षिया बृद्धाको यसअघि नै कोरोना नेगेटिभ आएपछि डिस्चार्ज भैसकेकी छिन् । अंशुको शुक्रबार पुनः अर्को स्वाब लिने र नेगेटिभ आए डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

लगातार दुईवटा रिपोर्ट नेगेटिभ आएपछि मात्रै कोरोना नभएको पुष्टी हुन्छ । उनीहरु दुवैजना गएको चैत ४ गते कतार एयरवेजमार्फत बेल्जियमबाट नेपाल आएका थिए ।