बागलुङको खर्वाङमा माटरसाईकल दुर्घटना, एकजना गम्भीर

बागलुङ, पुस २२ ।
मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिवाङ सडक खण्ड अन्तर्गत बडीगाड गाउँपालिका वडा नम्बर २ राक्सेमा माटरसाईकल पल्टिँदा एकजना घाईते भएका छन् । घाईतेको अवस्था गम्भीर छ । ध १ प ३१०७ नम्बरको मोटरसाइकल सडकबाट उछिट्टिएर तल खस्दा ढोरपाटन नगरपालिका वडा नम्बर ५ का ३४ बर्षिय किरण पौडेल घाईते भएका हुन् ।
उनको टाउकोमा गम्भीर चोट लागेकाले खर्वाङमा सामान्य उपचारपछि हेलिकप्टरमार्फत पोखराको मेट्रोसिटी अस्पताल ल्याईएको छ । स्थानिय शिक्षक समेत रहेका पौडेल बागलुङ बाट वुर्तिवाङ फर्किदै गर्दा दुर्घटना भएको हो ।