बाईक राइडिङमा जमेकी तनहूँकी सुन्दरी सुजना

उमा आलेमगर
पोखरा, बैशाख ५ ।
ब्युटी प्याजेन्टमा लागेको मान्छे बाईक राईडर ? २०१५ मा मिस तनहूँ जितेपछि विमलनगरकी सुजना श्रेष्ठलाई धेरैले ग्लयामरमा लाग्ने अड्कलबाजी गरे । तर उनी अरुको अड्कलभन्दा भिन्न भईन् । अहिले उनको करियर बाईक राईडरको रुपमा स्थापित भैसकेको छ ।
जब कान्तिपुर टेलिभिजनबाट प्रशासरण हुने बाईक रियालिटी शो पल्सर डियर भेन्चरमा टप टेन पुगेकी श्रेष्ठको सञ्चार माध्यममा प्रचार भएपछि धेरैले विस्वास पनि गरेनन् । तर पनि विश्वास गर्न कर लाग्यो तब, जब श्रेष्ठ पल्सर डियर भेन्चरको टप टेन पुगेपछि भोट मागेर आफुलाई जिताउन आग्रह गर्दै विभिन्न ठाउँमा आफैले स्कृुटरमा स्टण्र्ड गरेर देखाईन् ।
त्यसपछि उनलाइ बधाई दिने र उनको कलाको प्रशंसा गर्नेको भिड नै लाग्यो । हुनत ब्युटि पेजेन्टमा भाग लिनु भन्दा पहिले देखि नै स्टण्र्ड गर्दै आएकी श्रेष्ठले पहिले देखि बाइक चलाउने र एडभेञ्चर एकदम मनपर्ने बताइन् । जता खतरा हुन्छ त्यहाँ हात हाल्नै पर्ने स्वभाव कि सुजनाले २ वर्ष भन्दा बढी भयो बाईक राइडरको रुपमा कार्य गर्न थालेको ।
स्नातक तेस्रो वर्षमा अध्ययनरत सुजानाले यू—टुवहरुमा बाईक स्टण्र्ड गरेको हेर्ने गर्थिन्, ईन्टरनेश्नल लेडिज राईडरले बाईक स्टण्र्ड गरेको हेरिरहदाँ खेरी उनलाई पनि बाईक स्टण्र्ड गर्ने सोख जागेर आयो । डर लागेन भनेर सोध्दा उनले डर नलाग्ने बताउँदै गोर्खालीको छोरी भएर पनि होला खतरनाक भनिने क्षेत्रमा आफुलाई अनुभव लिन मन लाग्ने बताईन् ।
एडभेञ्चरमा आफुलाई एकदमै इन्ट्रेस भएको बताउने सुजानाले आफुले पनि गर्न सक्छु भनेर घरमा नै अभ्यास गर्ने गरेको बताईन् । सुरुमा घरमा नै यू—टुव हेरेर अभ्यास गर्दा गर्दै स्टण्र्ड गर्न जानेको बताउँने श्रेष्ठ पल्सर डियर भेन्चर मा ८ जना पुरुष र एक जना अर्को महिला सहित टप टेनमा पुग्न सफल भएकि थिइन् ।

अहिले चाँहि श्रेष्ठले व्यवसायिक तरिकाले स्टण्डलाई अगाडि बढाएकि छिन् ।

अहिले चाँहि श्रेष्ठले व्यवसायिक तरिकाले स्टण्डलाई अगाडि बढाएकि छिन् । अहिले नेपालमा बाईक स्टण्डको लागि महिलाहरुको लागि थुप्रै अवसर भएको श्रेष्ठको अनुभव छ । श्रेष्ठका अनुसार महिलाले बाईक चलाएर हिड्दा त मानिसहरु अच्चम मानेर हेरिरहन्छन् भने झन् बाईक उडाउँछ भन्दा मानिसहरुलाई इन्ट्रेसटिङ्ग हुने भएकोले महिला राईडरको माग बढ्दो छ ।
अहिले विभिन्न क्षेत्रमा महिलाको सहभागीता बढ्दो छ तर जति हुन पर्ने त्यति नहुदा भने श्रेष्ठलाई दुःख लाग्ने गर्दछ । महिला अहिले डाक्टर, ईञ्जिनियर, पाईलट बनिसकेका छन् । पुरुष पुगेका ठाउँ जहाँ छ त्यहाँ महिलाले गर्न सक्दैन कि भन्ने सोच छ त्यो सबै ठाउँमा महिला पुगेर पुरुषको भन्दा राम्रो नतिजा दिइसकेका छन् । तर अझै पनि पुरुषले सरह महिलाले सक्दैनन् कि भन्ने सोच हाम्रो समाजमा विद्यमान छ ।
यदि कुनै प्रतियोगिता भैहाल्यो भने महिलाको सहभागीता कम हुन्छ भने पुरुषको सहभागीता धेरै हुन्छ । जति पुरुष सहभागी हुन्छन्, त्यति नै महिलाको सहभागीता पनि भैदिए हुन्थ्यो जस्तो लाग्छ सुजानालाई । सुजाना सोच्ने गर्छिन् कान्तिपुर टेलिभिजनबाट प्रशासरण हुने बाईक रियालिटी शो पल्सर डियर भेन्चरमा पनि ५ जना पुरुष सहभागी हुदाँ ५ जना महिला सहभागी भैदिएको भए हुन्थ्यो तर ८ जना पुरुष र २ जना मात्र महिलाको सहभागीता रह्यो । त्यो हुदाँ कहिले काँही दुःख लाग्ने गर्छ सुजानालाई ।
बाईक स्टण्र्ड गरिरहदाँखेरी कहि कतै केही हुने त हैन भनेर अरुले लख काट्दा सुजानाले भने बाईक स्टण्र्ड सुरक्षित हुने बताईन् । सुजानाका अनुसार हाइवेमा बाईक चलाउदाँ जति असुरक्षित हुन्छ । त्यो भन्दा बाईक स्टण्र्ड गर्दा सुरक्षित हुन्छ । बाईक स्टण्र्ड गर्नु पूर्व नै सबै सुरक्षित माध्यम अपरानाएर स्टण्र्ड गरिन्छ । हात, खुट्टामा सुरक्षाको लागि ब्यान्डेज लगाउने, विना हेल्मेट स्टण्र्ड गर्नु हुदैँ भनेर ट्रेनिङ्ग नै हुने गर्छ ।
बाईक चलाउदाँ दुर्घटना भयो भने धेरै चोटपटक लाग्छ, ज्यानै जाने खतरा समेत हुन्छ । तर स्टण्र्ड गर्दा त्यसतो खतरा हुदैँन, सबै सुरक्षाका उपाय अपनाएर मात्र स्टण्र्ड गरिन्छ । बाईकबाट लडिनै हाले पनि सुरक्षा अपनाएको हुदाँ सामान्य चोटपटक बाहेक केही हुदैँन । बाईक रोडमा चलाउँनु भन्दा सुजानालाई बाईक स्टण्र्ड गर्दा सुरक्षित लाग्छ । सुजानाका अनुसार यो क्षेत्र सुरक्षित छ ।
राष्ट्रिय स्तरको राईडरहरुको लागि पनि कसरी सृुरक्षा अपरानाउने, कसरी बच्ने, आफु पनि कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने किसिमले तालिम दिइन्छ, तालिमको व्यवस्था सरकारले नै गरिदिएको हुन्छ । यदि कोही बाईक राईडर बन्न इच्छुक छ भने नासा भन्ने संस्थाले तालिमहरु पनि दिइरहेको छ । व्यवसायिक रुपमा अघि बढेकी सुजानाले विभिन्न ठाउँमा आफ्नो प्रतिभा देखाइसकेकि छिन् ।
कुनै पनि कार्यक्रम, इभेण्ट वा मेला महोत्सव हुदाँ मनोरञ्जनको लागि के राख्ने त भन्दा बाईक स्टण्र्डलाई हेरिन्छ । दर्शकको आकर्षणको लागि पनि त स्टण्र्ड राख्ने योजना भएपछि आयोजकले रकम नै दिएर बाईक राईडरहरुलाई बोलाउने गर्छन् । काठमाण्डौँ, पोखरा, तनहुँ लगायत १९÷२० वटा ठाउँमा आफ्नो प्रतिभा देखाईसकेकि सुजानाले अहिले बाईक स्टण्र्ड आफ्नो आम्दानीको स्रोत पनि बनेको बताईन् ।
आफुले मात्र होइन भोलिको दिनमा अरु महिलाहरुलाई पनि सिकाएर यो क्षेत्रमा महिलाको सहभागीता बढाउने सोच छ सुजानाको । महिलालाई नै टार्गेट गरेर तालिम दिने योजना छ उनको । इच्छुक महिलाहरु जो बाईक राईडर बन्न चाहान्छन् तिनिहरुलाई तालिम सिकाएर यो क्षेत्रमा महिलाहरुलाई अगाडि बढाउने सुजानाको योजना नै छ ।
यहि क्षेत्रमा आफ्नो भविष्य देख्ने सुजानाले परिवारको पुरै साथ र सहयोगले यो पेशालाई अगाँलेको बताईन् । इच्छा भएर मात्र पनि हुदैँन कतिपयले परिवारको साथ नपाउँदा आफ्नो लक्ष्यमा पुग्न सक्दैन, त्यसैले परिवारलाई बुझाउन सक्नुपर्ने उनको बुझाई छ ।
कसरी हुन्छ आफ्नो सोखको बारेमा परिवारलाई भनेर सम्झाइबुझाई गरेर आफ्नो लक्ष्यलाई केन्द्रमा राखेर अगाडी बढ्नुपर्ने सुजानाको सुझाव छ । बाईक र स्कुटर दुवैबाट स्टण्र्ड गर्न सक्ने उनले यो क्षेत्रमा रमाइलोसँगसँगै कहिलेकाँही समस्या पनि पर्ने गरेको सुनाइन् । बाईक स्टण्डको लागि बाईक वा स्कुटर मोडिफाइ गर्नुपर्ने हुन्छ ।
कहिलेकाँही कुनै कार्यक्रममा स्टण्र्डको लागि जाँदा बाटोमा प्रहरीले समस्यामा पार्दिने गर्छन् । प्रहरीले स्टण्र्ड भनेको नबुझिदिएर अपराधिलाई जस्तै केरकार गर्ने, प्रश्न गर्ने, कडा रुपमा प्रस्तुत हुने गर्छन्, त्यसले गर्दा चाँहि समस्या हुन्छ । उनीहरुले हाउडेहरुले, ब्रिगिएकोले मात्र बाईकलाई सजाउने भन्ने सोच्छन् तर स्टण्र्डको लागि हामीले बाईक÷स्कुटर मोडिफाइ गर्नुपर्छ—सुजानाको भनाई छ ।
पछिल्लो क्रममा बाईक राईडरहरको माग बढिरहेको अवस्थामा आफु महिला भएको कारण यो क्षेत्रमा महिलाको संख्या बढोस् भन्ने सुजानाको चाहाना छ । आफुबाट अरु पनि प्रेरित होस् भनेर उनले मोटिभेसनल क्लासहरु पनि दिदैँ आएकी छिन् ।