बहस ! लेकसाईड नो भेइकल जोन ?

पोखरा, पुस १३ ।
पोखराको लेकसाईड क्षेत्रलाई नो भेइकल जोन (सवारी निषेधीत) क्षेत्र बनाउने बिषयमा बहस सुरु भएको छ । यसअघि केही पर्यटन ब्यवसायीहरुले यसलाई सवारी आवागमन रोकेर पर्यटक र सडक यात्रुका लागि मात्रै खोल्ने बिषयमा छलफल चलाएका थिए ।
त्यही बिषयलाई हाल पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पनि प्रश्तुत गरेका छन् । १९ औं सडक महोत्सव उद्घाटन समारोहमा उनले लेकसाईडलाई नो भेइकल फ्रि बनाउन आवश्यक छलफल गर्न सुझाए । ‘सबै कुरा मेयरले गर्ने होईन । बोल्ने वित्तिकै पूरा हुन्छ भन्ने पनि नबुझ्नुहोला, उनले भने–तर लेकसाईडलाई नो भेईकल जोन बनाऔं । त्यसका लागि महानगर सकारात्मक छ ।’ जिसीले यसका लागि सरोकारवाला तयार भएर सहज वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।