बसपार्क क्षेत्रका होटलबाट १ सय १३ जना पक्राउ

काठमाण्ठौं, पुस २० ।
काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ परेका छन् । सो क्षेत्रका विभिन्न होटल, रेष्टुरेन्ट तथा खाजा घरमा छापा मारी शंकास्पद गतिविधि गर्ने १ सय १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ८० पुरूष र ३३ महिला रहेका छन् । नयाँ बसपार्क क्षेत्रमा बेलाबखतमा देखिने अपराधिक गतिविधि न्यूनीकरणको लागि यस्तो अपरेशन समय–समयमा गर्ने गरिएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख सन्तोष दाहालले जानकारी दिए ।