बसको ठक्करले पोखरामा पैदलयात्रीको मृत्यु

पोखरा, मंसिर २३ ।
पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित डाँफे होटल नजिकै दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ग १ ख ८३२८ नम्बरको बसले पैदल यात्री स्याङजा आँधिखोला गाँउपालिका ५ बस्ने ५० बर्षिय राजु नेपालीको मृत्यु भएको हो ।

बसले ठक्कर दिँदा घाईते भई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।