बलात्कार आरोपमा पोखराबाट ट्याक्सी चालक पक्राउ

पोखरा, भदौ २१ ।
युवती बलात्कार आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन् । १८ बर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा पोखरा २० भलामका ३छ बर्षीय गणेश खत्रीलाई पक्राउ गरिएको हो ।

शनिबार राती जंगलको बाटोमा एक्लै हिंडिरहेकी युवतीलाई डर, त्रास देखाएर बलात्कार गरेको उनीमाथी आरोप छ । खत्री पेसाले ट्याक्सी चालक हुन् । खत्री विरुद्ध जवरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तरगत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।