बलात्कारको आरोपमा विहे गर्दागर्दै दुलाहा पक्राउ परेपछि…
दोलखा, असोज १० ।
विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेका हुन् ।
बलात्कृत भएको दाबी गर्दै ती किशोरले उजुर गर्ने्बित्तिकै दुलही भित्राउने कार्यक्रममै प्रहरी पुगेको थियो । कार्यक्रम भइरहँदा दुलाहा शान्ति पक्राउ परेको समाचार आजको कान्तिपुरको पृष्ठ ४ मा छापिएको छ ।
संस्कारअनुसार केटाले भगाएर केटी ल्याएमा विधिपूर्वक घर भित्र्याउनु विवाहको एउटा चरण मानिन्छ । २३ बर्षीय शान्तिले एक महिनाअघि भगाएको केटीलाई भित्र्याउने प्रयास १६ बर्षीया किशोरीको उजुरीले विफल भएको छ ।
ती किशोरीले आफूलाई विहेको प्रलोभनमा पारेर शान्तिले बलात्कार गरेको आरोप लगाएकी छन् । कक्षा १२ पढ्दै गरेकी किशोरीले सात कक्षामा अध्ययन गर्दादेखि नै शान्तिले विहे गर्ने आश्वासन दिँदै आएको बताएकी छन् ।