बम बनाउँदै गर्दा पड्किएर दुईजना घाइते

पर्वत, जेठ ६ ।
पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा बनाइरहेको बम विस्फोट हुँदा दुई युवा गम्भीर घाइते भएका छन् । आइतबार साँँझ जिआइ पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेका २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन् ।

विस्फोटबाट गम्भीर घाइते भएका छविलाललाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

बम किन बनाइएको थियो भन्नेबारे अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइते दुवै युवाहरुलाई उपचारसँगै निगरानीमा राखिएको प्रहरीले जनाएको छ । नयाँ पत्रिका

प्रतिकात्मक तस्विर