बजेट अभावमा रंगशाला निर्माणको काम रोकिन्न : अर्थमन्त्री खतिवडा

पोखरा, असोज ३ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट अभावमा पोखरा रंगशाला निर्माणको काम नरोकिने वताएका छन । पोखरामा निर्माणाधिन रंगशालाको अवलोकन गर्न पुगेका अर्थमन्त्री खतिवडाले बजेट अभावका कारण पोखरा रंगशाला नरोकिने वताउदै बजेट अपुग भएमा रंगशाला निर्माणको लागी बजेट निकासा गरेर पनि निर्माणकार्य पुरा गर्ने वताएका हुन । साग गेम नजिक आइरहदा पोखरा रंगशाला निर्माणको काम आफुले सोचेको भन्दा राम्रो संग अगाडी वढेको वताउदै बिकासको कामलाई आफुले पहिलो प्राथमिकतामा राखेको समेत वताए ।

पोखरा आफैमा पर्यटकीय शहर भएको र यहां आवश्यक पर्ने विकासका पूर्वाधार निर्माणको काम विस्तारै अगाडी वढ्नु आफैमा गर्वको कुरा भएको वताउदै मन्त्री खतिवडाले साग गेम अगाडीनै पोखरा रंगशाला निर्माण सम्पन्न हुनेमा आफु ढुक्क रहेको समेत वताए । पोखरामा रहेका खेलकुद संग सम्बन्धित संघ सस्थाहरु पोखरा रंगशाला निर्माणमा दिनरात नभनीकन लागी परेकाले पनि तोकिएको समय अगावै रंगशाला निर्माण सम्पन्न हुने उनको भनाइ रहेको थियो ।

निर्माणाधिन रंगशाला अवलोकनका साथै मन्त्री खतिवडाले निर्माणाधिन पोखरा विमानस्थलको स्थलगत अवलोकन र प्रगति विवरणको बारेमा समेत जानकारी लिएका थिए । पोखरा विमानस्थलको काम पनि तिव्र गतिमा अगाडी वढेकोमा आफु खुसी रहेको र स्थानीयहरु संग समन्वय गरी विमानस्थलको बाकी काम अगागडी वढाउन समेत परियोजनाका प्रमुखहरुलाई मन्त्री खतिवडाले आग्रह गरेका थिए । खतिवडा पोखरा उद्योग वाणिज्य संघको ६५ औ वार्षिक साधारण सभामा सहभागी हुन पोखरा आएका थिए ।