बजार अभावले चिज भन्डारमै

 

म्याग्दी, फागुन ९ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा उत्पादित चिज बिक्री नहुँदा कृषकको भन्डारमै थन्किएको छ ।

दैनिकजसो उत्पादन हुने चिज भन्डारमा पर्याप्त भएपनि बजार अभावका कारण बिक्री हुन सकेको छैन ।

घारका ३२ जना अगुवा कृषकहरु मिलेर २०७१ सालमा हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिकरुपमा चिज उत्पादन गर्दै आएका छन् ।

गुणस्तरीय चिज उत्पादन गर्दै आएपनि बजारको समस्याले नियमित बिक्रीमा समस्या भएको हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्थाका सचिव श्यामप्रसाद खड्काले जानकारी दिए ।

चिजको नियमित खपत नहुँदा कृषकलाई दूधको भुक्तानी दिन समस्या भइरहेको उद्योगले जनाएको छ ।
(ईमेजखबरबाट साभार)