बगर भाइखलकलाई पांचौ हेटौडा भेट्रान्स एट ए साइड फोर्टी प्लस फुटवलको उपाधी

पोखरा पुस ५ ।
हेटौडामा सम्पन्न पांचौ हेटौडा भेट्रान्स एट ए साईड फोर्टी प्लस राष्ट्रिय फुटवल प्रतियोगिता २०७६को उपाधी पोखराको बगर भाइखलकले हात पारेको छ । हेटौडा भेट्रान्सले आयोजना गरेको फोर्टी प्लस एट ए साइड फुटवल प्रतियोगिताको फाइनल खेलमा बानेश्वर भेट्रान्स क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हात पार्न सफल भएको हो । उपाधीका लागी खेलको पहिलो हाफमा राजकुमार तामाङ र दोश्रो हाफमा इश्वर गुरुङ चन्द्रले फ्री किक मार्फत अर्को गोल थप्न सफल भएका थिए । उपाधी संगै बगर भाइखलकले नगद १ लाख १ हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । उपविजेता बानेश्वरले नगद ५५ हजार, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितमा बगर भाइखलकका बगर भाइखलकका युसफ श्रेष्ठ म्यान अफ द म्याच बन्न पुगे । खेलमा इश्वर गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । गुरुङले सर्वोत्कृष्ट खेलाडीको उपाधी संगै गुरुङले नगद १० हजार र ट्रफी हात पारे । गुरुङ संगै लक्ष्मण गुरुङले वेष्ट किपर, राजकुमार तामाङले वेष्ट फरवार्डको उपाधी हात पार्न सफल भए ।
प्रतियोगितामा वेष्ट फरवार्डले नगद ५ हजार र ट्रफी, म्यान अफ दी म्याचले टोकन अफ लप प्राप्त गर्न सफल भए । सो अवसरमा बगर भाइखलकका सल्लाहकार ६१ वषीय राम गुरुङलाई भेट्रान्स फुटवल खेलेको भन्दै आयोजकले दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

पुष २ देखी ५ गते सम्म सञ्चालित प्रतियोगितामा बगर भाइखलकले विरगन्ज भट्रान्सलाई १–० ले पराजित गर्दै प्री क्वाटरबाट अगाडि वढेको थियो । बगर भाइखलकले क्वाटर फाइनलमा स्यानो गौचरण नाइट क्लवलाई २–१ गोलले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको थियोभने सेमी फाइनलमा टुसाल भेट्रान्स बौद्धलाई ट्राइबकरमा २–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

फाइनलमा बगर भाइखलक संग पराजय भोगेको बानेश्वर फुटवल क्लवले प्री क्वाटरमा जोरपाटी भेट्रान्सलाई १ – ० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियोभने क्वाटर फाइनलमा हेटौडा भेट्रान्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गर्दै सेमी फाइनलमा एबीसी पोखरालाई १ –० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।