बगर भाइखलकको टोली चितवन प्रस्थान

पोखरा, असोज ४ ।
प्रथम अन्तराष्ट्रिय चितवन भेट्रान कप २०७६ मा सहभागीता जनाउन पोखराको बगर भाइखलकको टोली चितवन प्रस्थान गरेको छ । चितवनमा जारी चितवन भेट्रान कपमा सहभागीता जनाउन बगर भाइखलकका क्याप्टेन इश्वर गुरुङको नेतृत्वमा खेलाडी टोली शनिवार चितवन प्रस्थान गरेको हो ।

गुरुङको नेतृत्वमा बगर भाइखलकका टीम म्यानेजर रमेश श्रेष्ठ, टीम कोच धन गुरुङ, मनकाजी गुरुङ, भाइ गुरुङ, राजु गुरुङ, दक्ष गुरुङ, लक्ष्मण गुरुङ, गंगा तामाङ, भिष्म गुरुङ, बव्लु गुरुङ, हितमान गुरुङ, हिमाल थापा र बिजय गुरुङ चितवन प्रस्थान गरेका हुन । १६ टीमको सहभागीता रहेको चितवन भेट्रान कपमा बगर भाइखलकले टि वर्गर ललितपुर संग सामना गर्नेछ ।