बगरमा ‘पानी पंधेरो डिपार्टमेन्ट स्टोर्स’

पोखरा, असोज ५ । ।

पोखरा महानगरपालिका –१ बगर स्थित भिमकालीपाटनमा पानी पंधेरो डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा ल्याईएको छ ।५ करोड लागतमा बगर, सिम्पानी तथा दिप लगायतका ग्राहकलाई लक्षित गरी सो स्टोर्स सञ्चालनमा ल्याईएको हो ।उक्त सटोर्सको हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमीरे (सुन्तली) ले आज (आईतबार) सयुक्त रुपमा बिधिगत उद्घाटन गरे ।सो अवसरमा बोल्दै कट्टेलले बगर बासीलाई आधारभुत आवश्यकता पर्ने तथा दैनिक उपभोग्य सामाग्री सहजै पाउने वातारण बनेको बताए ।

उनले युवाहरु मिलेत सञ्चालनमा ल्याईएको स्टोर्सले सम्पूर्ण ग्राहकको मन जित्न सफल रहनेमा बिश्वास ब्यक्त गर्दै उनले सेवा र गुणस्तरमा ध्यान दिनुपर्ने उल्लेख गरे ।स्टोर्सका प्रबन्ध निर्देशक खेम तिमिल्सिनाले खाद्यान्न, रेडिमेड कपडा, किचन आईटम, कस्मेटिक्स, गिफ्ट सप तथा मदिरा र रेष्टुरेण्ट एउटै छानोमुनी व्यवस्था गरिएको बताए । उनका अनुसार सो स्टोर्स गत भदौ १३ गतेदेखी अनौपचारिक रुपमा सञ्चालनमा रहेको थियो ।

सञ्चालनमा रहेको हप्ता देखीनै राम्रो कारोबार र सेवाग्राहीको सकारात्मक प्रतिक्रिया पाएको उनले उल्लेख गरे ।‘ग्राहकहरुको सकरात्मक प्रतिक्रियाले हामी उत्साहित भएको छौं, उनले भने, ‘हामीले सेवा र गुणस्तरमा ध्यान दिनेनौ छौ ।’तिमिल्सिनाले केही समय पछि पोखराको छोरेपाटन लगायतका स्थानहरुमा समेत शाखा बिस्तार गर्ने  लक्ष्य रहेको बताए । त्यस्तै अध्यक्ष कुलदीप भट्टराईले सम्पूर्ण सामान एउटै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य अनुरुप स्टोर्स सञ्चालनमा ल्याईएको बताए ।

उनले योजना अनुरुप बजारको अध्ययन गरेर व्यवसाय सुरु गरेको उल्लेख गर्दै गुणस्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता गरे ।त्यस्तै अर्का सञ्चालक कुमारप्रसाद बरालले कुनै पनि सामान वेबसाईट मार्फत पनि किनमेल गर्न सकिने व्यवस्था मिलाईएको बताए । उनले पानीपँधेरोस्टोर्स डट कमबाट अनलाइन अर्डर गरेअनुरुप नै डेलिभरी पनि गर्ने जानकारी दिए । करिब ५ करोडको लागत रहेको उक्त स्टोर्समा १५ युवाहरुको संयुक्त लगानी रहेको छ ।