बंगलादेशका राष्ट्रपति हमिदलाई रुपाकोटमा ठेकी उपहार

पोखरा, कार्तिक २९ ।
राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई रुपा गाउँपालिकाले ठेकी उपहार दिएको छ । गाउँघरमै उत्पादन हुने दारको ठेकी उपहार दिईएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनले हमिद रुपाकोट आउनु नै ऐतिहासिक क्षण भएको सुनाए ।

ठेकी लिएपछि हमिदले ‘थ्यांक यू’ भनेका थिए ।
‘कुनै राष्ट्रको प्रमुख यहाँसम्म आईपुग्नु नै सबैभन्दा ठूलो कुरा हो,’ उनले भने, ‘यो भ्रमणले रुपा गाउँपालिकाको विकासमा पनि ठूलो योगदान पुग्ने छ । अर्थतन्त्रमा सहयोग हुने छ ।’