फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी ’सेक्सी’ लागेपछि…

काठमाण्डौं, असोज ९ ।
फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरुपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् । नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको लफडामा फसेका छन् ।

आफ्नी भाई बुहारीलाई अश्लील सन्देश पठाएको तथा फोटोमा चरित्रहत्या गर्ने गरी कमेन्ट गरेको आरोपमा पुर्व डिएसपी कृष्णकुमार खड्का क्षेत्री पक्राउ परेका हुन् । उमेरले करिब ६ दशक पुगेका उनलाई फेसबकुको लत रहेछ ।

साथीभाई तथा आफन्तको फोटो र स्टाटसमा कमेन्ट गरिरहने मात्र होइन, म्यासेन्जरमा म्यासेज पनि पठाईरहन्थे । त्यही क्रममा उनले आफ्नी बुहारीको फोटोमा सेक्सी भनेर कमेन्ट गरे । बुहारी आश्चार्यमा परिन् ।

अन्य फोटोमा पनि उनले त्यस्तै कमेन्ट गर्दै गए । पछि त च्याटमा नै अश्लील म्यासेजहरु पठाउन थालेपछि उनकी बुहारी हैरान भईन् र प्रहरीमा पुगिन् । काठमाडौंमा होस्टल चलाउने ती महिला असोज २ गते उजुरी लिएर महानगरी अपराध महाशाखा पुगिन् ।

महाशाखाले उनलाई फोन गर्यो । उनी भुपु डिएसपी भएको पत्ता लाग्यो । नेपालगन्ज बस्ने उनलाई काठमाडौं ल्याईयो । गत शुक्रबार उनलाई महाशाखाले बोलायो, बुहारीलाई पठाएको म्यासेज देखायो ।, यो खबर आज प्रकाशित दृष्टि साप्ताहिकमा छ ।