फेवाबजारले शिक्षक र विद्यार्थीलाई क्रेडिट सुविधा दिने

पोखरा, भदौ २४ ।
ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ईकमर्सले शिक्षक तथा विद्यार्थीहरुलाई क्रेडिट अफर ल्याएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट प्रताडित ग्राहकलाई मध्यनजर गर्दै फेवाबजारले शिक्षक तथा विद्यार्थीहरुलाई ५ लाखसम्मको क्रेडिट दिने भएको हो । कोरोनाले जनजीवनमा असर परेकाले उनीहरुको जीवनयापनलाई सहज बनाउन फेवाबजारले माछापुच्छ«े बैंक, प्रभु बैंक र सनराईज बैंकसँगको सहकार्यमा क्रेडिट सुविधा दिने फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । उनका अनुसार क्रेडिट सुविधा शून्य डाउन पेमेन्टमा बिना धितो शून्य ब्याजदरमा सामान उपलब्ध गराइनेछ ।

फेवाबजारले शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमासमेत सामान उपलब्ध गराउने जनाएको छ । क्रेडिट सुविधाबाहेक शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमासमेत सामान उपलब्ध गराइने निर्देशक आचार्यले बताए ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९)का कारण देशको राजधानी काठमाडौंसहित विभिन्न जिल्ला तथा क्षेत्रहरुमा निषेधाज्ञा, शिललगायतका बाबजुदपनि फेवाबजारले होम डेलिभरी सेवालाई जारी राखेको जनाएको छ । आफूहरुले उपभोक्ताले अर्डर गरेका अत्यावश्यक सामग्रीहरु घर÷घरमै पु¥याइरहेको कार्यकारी निर्देशक आचार्यले जानकारी दिए । उनले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, दमौली, डुम्रे, बागलुङ, लेखनाथलगायत ११ वटा आउटलेटहरुबाट देशैभर चौविसै घण्टा निरन्तर सेवा दिइरहेको बताए ।

फेवाबजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने उनले जानकारी दिए । यसअघी फेवाबजारले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा कहिले चिनी त कहिले इयर फोन दिदै आएको थियो । त्यस्तै फेवाबजारले हरेक महिनाको ५ गतेदेखि १७ गतेसम्म विभिन्न अफर दिदै आएको थियो ।

फेवाबजार डटकम ईकमर्सले नेपालमा पाइने विभिन्न ब्राण्डका ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला, साहित्यका पुस्तकलगायतका सामानहरु बिक्री गर्ने गर्दछ । फेवाबजारमा किस्ताबन्दी (ईएमआई)मार्फत २० हजारदेखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ । फेवाबजार डटकम ईकमर्सले पोखराको दीपचोकमा मुख्य कार्यालय र कर्पोरेट अफिस काठमाडौं र देशको मुख्यमुख्य सहरहरुमा कार्यालय बिस्तार गरेर देशभर सेवा दिइरहेको छ ।