फेवातालमा आयो डरलाग्दो छाल (भिडियो हेर्नुस)

पोखरा, बैशाख ३० ।
आइतबार फेवातालमा समुद्री किनारको झल्को दिने गरी डरलाग्दो छाल आएको छ । प्रहरीका अनुसार तालको छेउछाउमा राखिएका डुङ्गाहरु डुबेका छन् ।

चर्को हावाहुरीले ल्याएको छालले ताल किनारमा पार्किङ गरी राखिएका ४० भन्दा बढी डुंगा डुबाएको डुङ्गा चालक सुन्दर विकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाको अनुसार छालबाट मानवीय क्षति भने भएको छैन । उनले भने, ‘तालबाराही मन्दिर दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए ।’

साँझपख आएको हावाहुरीका कारण फेवाताल आसपास धुलोले प्रदुषित बनाएको थियो भने ढुंगासमेत उडाएर मान्छेलाई लागेको थियो । भिडियो हेर्नुस् ।