फेवातालको बीचमा टापु बनाएर कफी पसल खोल्ने प्रदेश सरकारको तयारी, १ कपकै १० हजार

पोखरा, बैशाख २७ ।
गण्डकी प्रदेश सरकारले फेवातालको बिच भागमा कफी सप बनाउने तयारी गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लमसालले फेवातालको बीच भागमा कफी सप बनाउने प्रदेश सरकारको योजना रहेको बताएका छन् ।

पोखरा आउने पर्यटकलाई नयाँ गन्तव्य बनाउन कफी सप स्थापना गर्न डिपिआर तयार पार्न लागेको मन्त्री लम्सालले बताए । उनले भने “ फेवातालको बिच मागमा माटो थुपारेर नयाँ किसिमबाट हामीले कफी सप संचालन गर्न खोजेका छौं, यसको डिपिआर तयार भए पछि सायद यसको संचालन निजी क्षेत्रलाई दिन सक्छौं ।”

कफी सपमा अर्गा्निक तथा ब्राण्डिङ कफी उपलब्ध गराउने उनले बताए । ताल प्राधिकरण गठन भएसंगै त्यसको सम्पूर्ण व्यबस्थापनको जिम्मा प्राधिकरणले गर्ने भएको मन्त्री लमसालले जनाए ।

राम्रो कफी डलर तिरेर जानु पर्छ । उनले भने “ पोखराको नयाँ प्रोडक्ट बनाउने र फेवातालको माटो व्यबस्थापन गर्ने गरी हामीले यो कन्सेप्ट अघि सारेका छौं, कफीको मुल्यको बिषयमा पछि आउने व्यवसायीले तोक्न सक्छ, तर अन्य क्षेत्रमा भन्दा फेवातालमा स्थापना हुने कफी सपमा केही महङगो हुन्छ । ”

फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा पर्यटक तथा श्रद्धालु भत्तजनहरु डुंगा सयर गरेर जानेहरुलाई खपौंदीमा बन्ने कफी शपमा गएर कफी पिउनु अर्को आकर्षण हुने उनले बताए ।