फुलबारी मन्टेश्वरीको १९ औँ वार्षिकोत्सव तथा ११ औँ अभिभावक दिवस सम्पन्न

 

पोखरा, कार्तिक २३ ।

फुलबारी मन्टेश्वरी कटेज प्रि एण्ड वेसिक स्कुलको १९ औँ वार्षिकोत्सव तथा ११ औँ अभिभावक दिवस एक कार्यक्रमकाबिच सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले निजि क्षेत्रबाट खुलेका प्रि नर्सरी, मन्टेश्वरीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न मुख्य भुमिका खेलेको बताए । यस क्षेत्रको शिक्षा नितिलाई समयसापेक्ष परिर्वतन गर्दै मन्टेश्वरी, निजि एवं सरकारी विद्यालयलाई एकरुपताका साथ अगाडी बढाउने शिलशिलामा सधैँ सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख गंगाबहादुर गुरुङले शिक्षा क्षेत्रमा बालबालिकाको मनोविज्ञानलाई बुझ्न आवश्यक रहेको बताए । अभिभावकहरुलाई बालबालिकाले कस्तो वातावरणमा शिक्षा आर्जन गरिरहेका छन्, कस्ता गतिविधिहरुले उनीहरुलाई प्रेरणा प्रदान गर्न सक्छन् जस्ता बिषयमा ध्यान दिन आवश्यक रहेको उनले बताउनुभयो ।

सोही अवसरमा फुलबारी मन्टेश्वरी कटेजका प्रमुख अरुणा शेरचनले बालबालिकाको संख्यामा भन्दा बढी उनीहरुको गुणस्तरीयतालाई प्राथमिकतामा दिँदै आएको बताइन् । भविष्यका कर्णधार बालबालिकाको गतिविधिलाई शुक्ष्म अध्ययन गर्दै सक्षम नेपाली नागरिक बनाउन फुलबारी मन्टेश्वरी लागि परिरहेको उनले बताइन् ।

सो अवसरमा फुलबारी मन्टेश्वरीमा पाँच बर्ष सेवा गरेका शिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि थापा र मन्टेश्वरी प्रमुख शेरचनद्वारा नगद, खादा र सम्मान पत्रले सम्मानित समेत गरिएको थियो । साथै यस बर्षको उत्कृष्ट शिक्षक अवार्ड २०७६ बाट कक्षा युकेजीका शिक्षक जमुना थापालाई सम्मान गरिएको छ ।

कार्यक्रममा मन्टेश्वरी एसोसियसन कास्कीका अध्यक्ष कल्पना केसी, कन्या क्याम्पसका प्रमुख सुरेश कुमार मानन्धर, रेडियो जननीका अध्यक्ष मिलन थापा लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा फुलबारी मन्टेश्वरीका विद्यार्थीहरुले आ–आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।