फुट्यो एमाले, नेपालको नेतृत्वमा नयाँ दल दर्ता

पोखरा, भदौ २ ।
लामो समयदेखि आन्तरिक द्धन्द्धमा रहेको नेकपा एमाले अन्ततः विभाजित भएको छ । बुधबार बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ता भएको हो ।

एमाले विभाजनकै लागि सरकारले मंगलबार दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको थियो । बुधबार विहानै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेपछि दिउँसो पाटी फुटेको हो । ९५ सदस्यीय केन्द्रीय कमिटी पनि तयार गरिएको बताईएको छ । पार्टीको चुनाव चिन्ह खुला किताव राखिएको छ ।

एमालेसँगै जनता समाजवादी पार्टी पनि दुईवटा भएको छ । महन्थ ठाकुर पक्षले जसपा लोकतान्त्रिक दर्ता गर्न लागेको हो । नेपालको इतिहासमा दुई ठूला राजनीतिक पार्टी एकै दिन विभाजित भएको यो पहिलो घटना हो ।