फिल्म ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक, साउन २४ गतेबाट प्रदर्शनमा आउने

पोखरा, साउन १५ ।

साउन २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

प्रेम र एक्सन देखाइएको ट्रेलरमा ‘राते काइँला’ उपनामले परिचित चर्चित कलाकार सुनिल थापा निगेटिभ भूमिकामा छन् । ‘हिरो होइन भिलेन हो भिलेन, त्यो पनि ‘राते काइँला’ भन्दै उनले ट्रेलरमा बोलेका संवाद रोचक देखिन्छ ।

फिल्मका प्रमुख अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाको प्रेममा सुनिल थापा बाधक बनेका छन् । यो फिल्मका निर्देशक दिनेश पौडेल हुन् ।

फिल्मलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् । सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको फिल्ममा अभिनय छ ।

फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ । यसमा कुमार श्रेष्ठको द्वन्द्व निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य छ ।