फिल्मी शैलीमा राज्यमन्त्रीको गृहजिल्ला इन्ट्री (भिडियो हेर्नुस्)

रौतहट, साउन १६ ।
चलचित्रमा देखिएका कतिपय दृश्य हेर्दा लाग्छ, ‘यस्तो पनि होला र !’ हुँदै जाँदा त्यो यथार्थ भइदिन्छ । त्यसैबाट वास्तविक समाजसँगको मेल बुझिन्छ । दक्षिण भारतीय चलचित्रमा धेरै नै देखिने र पत्याइहाल्न मन नलाग्ने एउटा त्यस्तै दृश्य नेपालमै देखिएको छ ।

प्रसंग हो, प्रदेश २ कि राज्यमन्त्री डिम्पलकुमारी झा गृहजिल्ला रौतहट जाँदा देखिएको गाडीको लावालस्करको दृश्य । दक्षिण भारतीय चलचित्रहरुमा विशेष गरी खलपात्रहरुको बलियो आर्थिक अवस्था र रवाफ प्रस्तुत गर्न देखाइन्छ ।

पहिलो पटक राज्यमन्त्री भएकी झा गृहजिल्ला जाँदा देखिएको गाडीको लावालस्करले त्यसकै झल्को दिएको छ । झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी पनि हुन् । डिम्पल गृह जिल्ला जाँदा अनिल पनि सँगै थिए । त्यसैले पार्टी नेता कार्यकर्ताले स्वागत गर्नु स्वाभाविक हो ।

तर, स्वागतका नाममा ५० भन्दा बढी गाडी अघिपछि लगाएको दृश्य भने अलि अनौठो थियो । जिल्लाकै पहिलो राज्यमन्त्री भएकी झाको गरुडादेखि सदरमुकाम गौरसम्मै स्वागत भएको छ । झाको लावारलस्कर गौर( चन्द्रनिगापुर सडकखण्डको भत्किएको पुल अगाडि पुग्दा खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।–अनलाईनखवर