फियुल बार एण्ड ग्रिलमा The Edge ब्याण्डको प्रस्तुती हुदैँ

 

पोखरा, पुष २१ ।

पोखराको लेकसाइडमा अवस्थित फियुल बार एण्ड ग्रिलमा The Edge व्याण्डको २० औँ बर्ष पार गरेको लास्ट सेलिब्रेसनको उपलक्ष्यमा विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

अत्याधुनिक फियुल बार एण्ड ग्रिलमा पुस २५ गते शुक्रबार विशेष सांगीतिक कार्यक्रमको आयोजना हुन लागेको हो ।

साझँ ६ बजेबाट शुरु हुने कार्यक्रममा ख्याती प्राप्त The Edge व्याण्डले रातिसम्म गीत संगितका माध्येमबाट मनोरञ्जन प्रदान गर्ने छ ।

बारमा ग्राहकलाई पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्दै The Edge व्याण्डले ‘मेरो आँसु’, ‘सम्झिने मुटु’, ‘लेखिएका शब्द’ जस्ता चर्चित गित प्रस्तुत गर्नेे मिस्टर फ्रेस हाउसका प्रोपाईटर अर्विण गुरुङले जानकारी दिए ।

बारमा संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुने भन्दै युवा पुस्ता माझ प्रिय विधाका कलाकारको प्रस्तुती रहने भएकाले पनि युवायुवतीको उपस्थिति धेरै हुने उनले बताए ।

नयाँ वर्षको आगमनसँगैै खाना र म्युजिकमा झुम्न सबैलाई निम्तो गरिएको उनले बताए ।

यस सेलिब्रेसनको आयोजकको रुपमा मिस्टर फ्रेस हाउस रहेको छ ।

नेपालमा पहिलो पटक नयाँ प्रविधिको प्रयोग गर्दै पोखराको जिरो कि.मीमा रहेर मिस्टर फ्रेस हाउसले ग्राहक सामु विभिन्न मासुजन्य उत्पादन पेश गर्दै आएको छ भने हाउसले भ्याली भित्ररहेका स्थानमा डेलिभरीको समेत व्यवस्था गरेको छ ।

लेकसाईडका अधिकांश रेष्टुरेन्ट, बार एण्ड ग्रिलमा मिस्टर फ्रेस हाउसको मासुजन्य उत्पादनको प्रयोग गरिदैँ आएको भन्दै ग्राहकहरु यस फ्रेस हाउसप्रति सकरात्मक नै रहेको गुरुङको भनाई छ ।