फिफा वरीयतामा नेपालको उतारचढाव, एक स्थान ओर्लियो यसपाली

काठमाण्डौं, पुस ७ ।
अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले जारी गरेको नयाँ वरीयता सूचीमा नेपाल १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा ६ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो । सार्क क्षेत्रमा नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानमा भारत १०५, माल्दिभ्स १५५ र अफगानिस्तान १४८ औँ स्थानमा छन् । त्यस्तै, नेपालभन्दा मुनि भुटान १८७, बंगलादेश १९७, श्रीलंका २०० र पाकिस्तान २०१ औँ स्थानमा छन् ।
विश्व बरियताको शीर्ष स्थानमा जर्मनी रहँदा दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौँमा बेल्जियम, छैटौँमा स्पेन, सातौँमा पोल्याण्ड, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा फ्रान्स र दशौँ स्थानमा चिली छन् । फिफाले प्रत्येक महिना बरियता सार्वजनिक गर्दछ ।