प्रेस स्वतन्त्रता दिवसमा प्रेस क्लबको शुभकामना

पोखरा, वैशाख २० ।

प्रेस क्लब पोखरा नेपालले प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । बिहिबार एक विज्ञप्ति प्रकाशित गरेर क्लबले शुभकामना व्यक्त गरेको हो । क्लबले सम्पूर्ण प्रेस जगतलाई प्रेस स्वतन्त्रताको पक्षमा एक ढिक्का भई अगाडी बढ्न आह्वान गर्दै शुभकामना व्यक्त गरेको हो ।