प्रहरीलाई छलेर भाग्न खोज्दा छतबाट लडेर दुईजनाको मृत्यु

काठमाण्डौं, असोज २० ।
प्रहरीलाई छल्न ४ तलामाथिबाट हामफाल्दा २ जुवाडेको उपचारको क्रममा मृत्यु भएको छ । राजधानीको मुलपानी स्थित एक घरमा जुवा खेलिरहेका उनीहरु प्रहरी पुगेपछि भाग्ने क्रममा शुक्रबार राती ४ तलामाथिबाट हामफालेका थिए । सरोज घले र सानु लाल तामाङको ललितपुरको बीएण्डबी अस्पतालमा मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जुवाको अखाडाबाट एक महिला सहित २३ जनालाई पक्राउ पनि गरिएको जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ४ लाख ५८ हजार नगदपनि बरामद गरेको बताइएको छ ।